Logo
१९ असार २०८३, शुक्रबार
|  Fri Jul 3 2026

बेल्जियम र इङ्ग्ल्यान्ड विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश


काठमाडौँ । इङ्ग्ल्यान्ड र बेल्जियम फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई ३–२ ले हराउँदै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

बिहीबार बिहान भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम १६ पुग्न असफल रह्यो । यस्तै, बुधबार राति अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा डीआर कंगोलाई २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । इङ्ग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने ।

अब इङ्ग्ल्यान्डले क्वार्टरफाइनलमा पुग्नका लागि आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।अतिरिक्त समयमा सेनेगलका लेमिन केमेराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि बेल्जियमले पेनाल्टी पायो । टिएलम्यानले यो अवसरलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को जित दिलाए । यससँगै बेल्जियम अन्तिम १६ मा प्रवेश गर्दा सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार