Logo
१९ असार २०८३, शुक्रबार
|  Fri Jul 3 2026

स्पेन र पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा


Croatia’s Petar Sucic (17) plays the ball as Portugal’s Vitinha (23) looks on during the World Cup round of 32 soccer match between Portugal and Croatia in Toronto, Thursday, July 2, 2026. (Nathan Denette/The Canadian Press via AP)

काठमाडौँ । स्पेन र पोर्चुगल फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै स्पेन  विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो ।

यस्तै, क्रोएसियालाई २–१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो ।बराबरीमा रहेको खेललाई गोन्कालो रामोसले इन्जुरी टाइममा गरेको गोलले पोर्चुगललाई अन्तिम १६ मा पुर्याएको हो । त्यसअघि, एक गोलले पछि परेको पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन । स्पेनले खेलको ३६औँ मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो ।


प्रतिक्रिया दिनुहोस !
विचार