Logo
२५ असार २०८३, बिहीबार
|  Thu Jul 9 2026

यो महँगीमा १५ हजार रुपैयाँ लिएर सुकुम्बासी परिवार कहाँ जाने ?


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुकुम्बासीहरूलाई आश्रयस्थल खाली गर्न सरकारले दिएको अल्टिमेटम फिर्ता लिन माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद हरिना देवी कामीले सरकारले उपलब्ध गराएको रकमले सुकुम्बासी परिवारलाई अपुग हुने बताइन् ।

‘३८८ सुकुम्बासी परिवारलाई कुनै वैकल्पिक व्यवस्थाबिनै ५ दिनभित्र आश्रयस्थल खाली गर्न दिएको निर्णय केबल प्रशासनिक निर्णय मात्र होइन, मानव संवेदनामाथिको प्रहार हो । सरकारले २५ हजार एकमुष्ट र ३ महिनासम्म मासिक १५ हजारका दरले दिने आश्वासनलाई समाधानको रूपमा प्रस्तुत गरेको छ तर यो महँगीमा १५ हजार लिएर ती परिवार कहाँ जाने ?,’ उनले भनिन् ।

सुकुम्बासीहरूले हामी कहाँ जाने भनेर प्रश्न गरिरहेको पनि उनले बताइन् । राज्यले नागरिकलाई सडकतर्फ धकेल्न खोजेको उनले आराेप लगाइन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार