Logo
२५ असार २०८३, बिहीबार
|  Fri Jul 10 2026

‘धैर्यताको परीक्षा नलिन’ सांसद पुकार बमको चेतावनी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी दिएका छन्।

सांसद बमले फेसबुकमा लेखेका छन्, ‘हेर्दै जाऔँ, यो शान्त ज्वालामुखीले ककसलाई खरानी बनाउँछ । अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो ।’

उनले सन् २००४ देखि २२ वर्षको सामाजिक तथा राजनीतिक सङ्घर्षपूर्ण जीवनमा आफूले हार्न, सकिन र गुमाउन बाँकी केही नरहेको उल्लेख गर्दै देश र नागरिकका लागि मर्न तयार रहेको दाबी गरेका छन् । साथै आफूलाई ‘पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्रही’ भएको पनि स्टाटसमा उल्लेख गरेका छन् ।

स्टाटसको अन्त्यमा उनले ‘इतिहास बुझ्न थोरै समय लाग्छ, समय त्यतैतर्फ खर्च गर्दा राम्रो’ भन्दै ‘जय देश’ र ‘जय पशुपतिनाथ’ लेखेका छन्।सांसद बमले उक्त अभिव्यक्ति कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने विषयमा भने स्टाटसमा स्पष्ट उल्लेख गरेका छैनन् । त्यसबारे उनले कुनै थप सार्वजनिक प्रतिक्रिया पनि दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार