Logo
२९ असार २०८३, सोमबार
|  Mon Jul 13 2026

संसदीय अभ्यासलाई कमजोर बनाउने गतिविधि स्वीकार्य छैन:आङ्देम्बे


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले घर बलियो भए सदन पनि बलियो हुने बताएका छन् ।

सोमबार पार्टी संसदीय दलको बैठकमा उनले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने बताएका हुन् ।आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गरेको जिम्मेवारी निराशाजनक नभए पनि त्यसमा थप प्रभावकारिता र उज्यालो ल्याउन आवश्यक रहेको बताए । उनले संसद् र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।

संसदीय समितिहरू छलफल र निर्णयका महत्वपूर्ण थलो भएपनि कतिपय अवस्थामा समितिहरू प्रभावहीन बन्ने अवस्था देखिएको उनले बताए । समितिलाई छलफलको माध्यम बनाउनुपर्नेमा जोड दिँदै उनले संसदीय अभ्यासलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने बताए ।

आङदेम्बेले प्रतिपक्षले मुलुकलाई केन्द्रमा राखेर भूमिका निर्वाह गरिरहेको दाबी गरे । विगतका राजनीतिक अभ्यासको समीक्षा इतिहासले गर्ने भन्दै उनले वर्तमान अवस्थामा पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताए ।

उनले आगामी दिनमा प्रतिपक्षको आवाजलाई थप प्रभावकारी बनाउने र सत्तापक्षलाई जिम्मेवार बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार