Logo
३० असार २०८३, मंगलवार
|  Tue Jul 14 2026

सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन ?


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नागरिकलाई निराशा बनाएर आत्महत्या गर्ने अवस्थामा पुर्‍याउनु गोली हानेसरह भएको दाबी गरेका छन् । शाहीले मंगलबारको प्रतिनिधिसभाको बैठकमा यस्तो दाबी गरेका हुन् ।

उनले विगतमा ‘सिंहदरबारभन्दा मान्छे ठूलो’ भन्नेहरू आज ‘मान्छेको ज्यानभन्दा नियम ठूलो हो’ भन्न थालेको आरोप लगाउँदै त्यसप्रति चिन्ता व्यक्त गरे ।

साथै, उनले सिट बेल्ड नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन भनेर प्रश्नसमेत गरेका छन् । उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन सभामुख महोदय, न्याय सबैका लागि बराबर हुनुपर्छ । विधिभन्दा अरू केही नभएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार