काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन् ।





