Logo
३१ असार २०८३, बुधबार
|  Wed Jul 15 2026

कर्णालीमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले दिए राजीनामा


कर्णाली । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् ।

सरकारमा कांग्रेसबाट सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले राजीनामा दिएका हुन् ।

आज बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकमा सहभागी नभई मन्त्रीहरूले राजीनामा दिएका हुन् । कांग्रेसका एक सांसदका अनुसार बजेट ल्याएपछि सरकारको नेतृत्व छोड्ने सहमतिअनुसार नै मन्त्रीहरूले राजीनामा दिएको हुन सक्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार