Logo
३२ असार २०८३, बिहीबार
|  Thu Jul 16 2026

कैलाली र सुनसरीबाट लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ


कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । कैलालीबाट एक जना र धरानबाट दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका १० घुइयाँघाटबाट गएराति साढे १० बजे लागुऔषध ब्राउन सुगरसहित स्थानीय ३५ वर्षीय राजेश रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट १६६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिकाको भिक्टोरिया चोकबाट पनि हिजो बेलुका आठ बजे एक ग्राम ५१० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार