Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

सरकार आतंक मच्चाउनेतिर लागेको छ।यस्तो पनि हुन्छ सरकार ?


काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार असफल हुँदा देशमा समस्या बढेको बताएका छन् ।

शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले समाज भाँड्ने, बिथोल्ने र कानुन मिच्ने कामको नेतृत्व सरकारले गरिरहेको आरोप लगाएका हुन् ।

उनले यसलाई राज्य भन्न नमिल्ने बताए । उनले भने, ‘समाज भाँड्ने, बिथोल्ने र कानुन मिच्ने कामको नेतृत्व सरकारले गरिरहेको छ। सरकारले कानुनी राज स्थापना गर्ने हो । तर सरकार आतंक मच्चाउनेतिर लागेको छ। यस्तो पनि हुन्छ सरकार, यस्तो पनि हुन्छ राज्य ?’

उनले सरकारले सुकुम्बासीका समस्या समाधान गर्न नसकेको र बरू उदण्ड शैलीमा अघि बढिरहेको बताए । अध्यक्ष ओली सरकार लोकतान्त्रिक मूल्य–मान्यताबाट विचलित हुँदै फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाए ।

उनले शान्तिपूर्ण प्रदर्शनमाथि दमन, सञ्चारमाध्यममाथि अवरोध र विपक्षीमाथि दबाब बढेको बताए । उनले भने, ‘आफ्नो कार्यालय र घरअगाडि ल्याएर गाडी तेस्र्याएको कसले सहन्छ ? तर सहनुपरेको छ। फासिजम् भनेको यही हो । नाजीजम् यही हो । अब सादा पोशाकमा मान्छे पठाएर आक्रमण गराउने तयारी सरकार गर्दैछ।’

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताए । प्रदेश सरकारमा कांग्रेसले साथ छाडेकोतर्फ संकेत गर्दै अध्यक्ष ओलीले भने, ‘हामीलाई एक्ल्याउने प्रयास अगाडि बढिरहेका छन्। हामी अर्कालाई नसमाती उठ्नै नसक्ने लहरो होइन। हामी एउटा स्वतन्त्र वृक्ष हौँ, अरू बलमा उम्रिएका पनि होइनौँ।’

अध्यक्ष ओलीले नेपाली समाजलाई झूट पत्याउने बानी परिसकेको बताए । उनले भने, ‘कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउनेलाई गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली भएको छ ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार