दिल्लीको जन्तर–मन्तरमा जारी प्रदर्शनबीच कक्रोच जनता पार्टी (सीजेपी)का मुख्य प्रवक्ताले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे कुनै सम्झौता नहुने बताएका छन् ।
पार्टीका मुख्य प्रवक्ता सौरभ दासले पत्रकारसँग कुरा गर्दै आन्दोलन शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढाइने बताएका छन् । उनले आन्दोलनमा सहभागी सबैलाई शान्ति कायम राख्न अपिल गरिएको जानकारी दिए ।
यसअघि केन्द्रीय मन्त्री जेपी नड्डाले पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले यस आन्दोलनलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको आरोप लगाएका थिए ।





