Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

वीरगन्ज महानगरपालिकाका विद्यालयमा शिक्षामन्त्रीको अनुगमन


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वीरगन्ज महानगरपालिकाका चार विद्यालयमा अनुगमन गरेका छन्। शुक्रबार वीरगन्जका मदरसा तौहिदूल ईस्लाम सलफिया माध्यमिक विद्यालय, त्रि–जुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, श्री नृसिंह माध्यमिक विद्यालय पिपरामठ र कुल्सुम लिल्बनात गर्ल्स कलेजमा अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा विद्यालयका प्रध्यानाध्याकपहरुले भौतिक संरचना, एवम् शिक्षक दरबन्दीलगायतका विषयमा मन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए। मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने काम भएको बताउँदै विद्यालयलाई सहयोग गर्ने बताए।

उनले भने, ‘देशभरका गुणस्तरीय पढाइ भएका र सुधानुपर्ने विद्यालयको सूची तयार हुँदैछ। समस्या भए लिखित रुपमा दिनुस्।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार