Logo
७ श्रावण २०८३, बिहीबार
|  Fri Jul 24 2026

‘कालो चस्मा लगाउन,कालो वस्त्र लगाउन छुट छ तर,काला कर्तुत गर्न छुट छैन’:गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले सुशासनको नाममा काला कर्तुत गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो सचिवालयको छायाँ बनाउन खोजेको भन्दै आपत्ति जनाए । उनले भने, ‘के प्रधानमन्त्रीले अख्तियारलाई आफ्नो सचिवालयको छायाँ बनाउन खोज्नुभएको हो ? यसको उत्तर सरकारले दिनुपर्छ। अख्तियार संविधानप्रति उत्तरदायी हुने हो, सरकारको दबाबमा चल्ने होइन ।’

सभापति थापाले बुधबार शेरबहादुर देउवा पक्षले आफूप्रति गालीगलौज गरेको भएपनि आफूले त्यसलाई वेवास्ता गरेको बताए । उनले पार्टी इलेक्सन मेसिन जस्तो भएको भन्दै पार्टी चुनावबाट बाहिर निस्कनुपर्ने बताए ।

उनले पार्टी पंक्तिलाई एक पटक रिलबाट निस्किएर रियल लाइफमा फर्किन आग्रह गरे।’ उनले सोसाइटी र सिद्धान्तले पनि नमान्ने गठबन्धनको राजनीति कांग्रेसले नबोक्ने बताए।


प्रतिक्रिया दिनुहोस !
विचार