Logo
१० श्रावण २०८३, आईतवार
|  Sun Jul 26 2026

सीमा क्षेत्रका मुख्य नाकाहरुमा सशस्त्र प्रहरीको बोर्डर इन्टरएक्सन टिम परिचालन


काठमाडौँ । सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (BIT) परिचालन गरिएको छ ।

आइतबारदेखि सीमा इलाकाको मुख्य नाकाहरु झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा एक ठाउँमा १४ जना रहने गरि टोली परिचालन गरिएको हो ।

सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकाहरुमा परिचालन हुनेछन् ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आइतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी टोली परिचालनको शुभारम्भ गरे ।

टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र बृद्धबृद्धाहरुको सहजीकरण, मावन वेचविखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागूऔषध, वन्यजन्तु लगायतका सामाग्रीहरुको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाईका साथ काम गर्नेछ ।

टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरुसँग समन्वयमा सीमा इलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रण लगायतका अन्य अप्रेशनल कामकारबाहीमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । आजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनिपतिहरुले टोली परिचालनको शुभारम्भ गरेका छ्न् ।

मुख्य सीमा नाकाहरुमा परिचालन हुने टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारी सहित बिहान ६ बजे देखि राति ८ बजेसम्म सादा पोशाकमा रहने छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार