Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

देवानगञ्ज घटना:मृतकका परिवारलाई २ लाख र आगजनी तथा घाइतेलाई ५० हजार राहत दिने


विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् । घाइते परिवारलाई जनही ५० हजारका दरले राहत दिने घोषणा गरेको सरकारले घर, पसल र अन्य आगजानी भएका परिवारलाई पनि  ५० हजारका दरले राहत दिने घोषणा गरेको छ ।

सर्वदलीय बैठकले विभिन्न ८ बुँदे निर्णय समेत गरेको छ। साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारलको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको हो ।

सरकारले सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार