Logo
१३ श्रावण २०८३, बुधबार
|  Thu Jul 30 2026

शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।

प्रधानमन्त्री साहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

ब्रिफिङमा गृहमन्त्री सुदन गुरुङको समेत उपस्थिति रहेको थियो । ब्रिफिङका क्रममा प्रधानमन्त्री साहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आमनागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएको प्रेस तथा अनुसन्धान विज्ञ दाहालको भनाइ छ ।

प्रधानमन्त्री साहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार