Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

सिरहा र जनकपुरमा अनिश्चितकालीन कर्फ्यू जारी


काठमाडौँ । सुनसरीको घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सिरहामा पनि कर्फ्यु जारी गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय, सिरहाले कर्फ्युआदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना प्रकाशित गरी बिहीबार दिउँसो २ बजदेखि अर्को आदेश नभएसम्मका लागि केही क्षेत्रमा कर्फ्युजारी गरिएको जनाएका छन्।

सिरहाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोक, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चौकदेखि दक्षितर्फ गोलबजार नगरपालिका–४ को राप्र बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यु जारी गरिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार