Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

जनकपुरमा हिन्दु धार्मिक मोर्चा र सरकारबिच सहमति


जनकपुरधाम । जनकपुरमा वार्तारत गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत हिन्दु धार्मिक मोर्चाबिच सहमति जुटेको छ ।

विभिन्न १३ बुँदे माग राखेर मोर्चा आन्दोलनमा उत्रिएपछि गृहमन्त्री आफैँ वार्ता गर्न शनिबार जनकपुर आएका थिए । गृहमन्त्री र आन्दोलनरत पक्षबिच दुई चरणमा भएको छलफलपछि सहमति जुटेको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भूदेव झाले दुवै पक्ष बिच सहमति कायम भएको बताए । आन्दोलनरत पक्षले सरकार टोली समक्ष विभिन्न बुँदा समेटिएको १३ बुँदे माग पत्र राखेका थिए ।

सहमति पश्चात् १२ वटा माग तत्काल पुरा गर्ने तर्फ सरकारले गृहकार्य अगाडि बढाउने भएको छ । आन्दोलनरत पक्षले नेपाललाई हिन्दु राष्ट्र कायम हुनुपर्ने माग पनि राखेकाले सरकारले ३ महिनाको समय माग गरेपछि त्यसमा सबैको सहमति जुटेको थियो ।

सुनसरी घटनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले विभिन्न माग सहित नेपाललाई हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार