Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

ग्यास अभाव घट्दै गएको निगमको दाबी,आवश्यक मात्रामा मात्रै ग्यासको भण्डारण गर्न आग्रह


काठमाडौँ ।  काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको दावी नेपाल आयल निगमले गरेको छ।

गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ।

निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले १४.२ किलो ग्यास बिक्री गर्न थालिएपछि सुरुआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताए। ग्यासको आपूर्ति निरन्तर भइरहेको जानकारी दिँदै उनले आवश्यक मात्रामा मात्रै ग्यासको भण्डारण गर्न आमउपभोक्तालाई आग्रह गरे।

पश्चिम एसियामा विकसित परिस्थितिलाई दृष्टिगत गर्दै निगमले ग्यासको आपूर्ति र वितरणलाई व्यवस्थित बनाउन गत फागुन २९ गतेदेखि ७.१ किलो ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार