Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

दुई मात्रा खोप लगाएका व्यक्तिले पनि सङ्क्रमण फैलाउन सक्छन् :अध्ययन


बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ। त्यस्ता व्यक्तिबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ। अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ।

लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सँगै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ। उनीहरूले पाँच मध्ये दुई जनालाई कोभिड सार्न सक्छन्।

तर सँगै बस्ने सबै जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुने पनि अध्यननले देखाएको छ। ‘द लान्सिट इन्फेक्सस डिजिजेज’को अध्ययनबाट किन अत्यधिक मानिसलाई खोप दिनु महत्त्वपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताले बताएका छन्। खोप नलगाएका मानिस आफूलाई कोभिड सर्ने जोखिमबाट जोगिन खोप लगाएका अरु मानिसप्रति ढुक्क नहुन विज्ञहरूले सुझाएका छन्।

खोपले कोरोनाभाइरस सङ्क्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सहयोग गर्ने अध्ययनले देखाएको छ। तर सङ्क्रमण रोक्न भने पूर्ण रूपमा त्यति प्रभावकारी भनरे नहुन सक्छ। विशेषगरी भाइरसका डेल्टा भेरिअन्टजस्ता बढी सङ्क्रामक बनेका बेला तिनले कोभिड सर्नबाट रोक्न सक्दैनन्।

अनि बिस्तारै खोपले दिने प्रतिरोधात्मक सुरक्षा घट्दै जान्छ र खोपको अतिरिक्त मात्रा आवश्यक पर्छ। त्यसैले सबैले अनिवार्य रूपमा पूर्ण मात्राको खोप लिन विज्ञले सुझाएका छन्। गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लन्डन र बोल्टनमा कोभिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई छनोट गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार