Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

मलाई अफ्ठ्याराेमा पार्न राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्ला ?


काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले मुद्दा लगाउँदा त नसकेको भन्दै अरूले पनि नसक्ने बताएका छन् ।

बिहीबार स्वदेश फर्केपछि कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको शाही आयोगले पनि मलाई मुद्दा लगाएर थुनेकै हो । सर्वोच्च अदालतको फैसला भएर मुद्दा जितेकै हो । नेपाली जनताले नै आन्दोलन गरेर ल्याएको गणतन्त्र हो । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’

देउवाले अदालतप्रति आफ्नो पूर्ण विश्वास रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार