Logo
१ भाद्र २०८३, सोमबार
|  Mon Aug 17 2026

प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ


काठमाडौँ । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन साहलाई सदनमा आएर जवाफ दिन रुलिङ गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले विपक्षी दलले लामो समयदेखि प्रधानमन्त्रीको जवाफ माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन रुलिङ गरेका हुन् ।

प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले सदनमा आएर त्यसको जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । तर प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिन अटेर गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार