काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदद्धय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद शर्माले आफूले गत साउन २२ गते जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाएको स्मरण गराए । जाजरकोट भुकम्पबाट प्रभावित जाजरकोट र सल्यानमा सरकारले जिम्मेवारीपूर्वक काम गरोस् भनेर भनेको तर सरकारले जवाफ नदिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तामाङले धादिङका सन्तोष राईको शव विदेशमा रहेको तर नेपाल ल्याउन सरकारले आवश्यक पहल नगरेको भनेर प्रश्न उठाइन् ।अर्थ मन्त्रालयले शव व्यवस्थापन गर्न बजेट छुट्याएको तर कार्यविधि नभएको भनेर यो काम हुन नसकेको बताइन् । यो विषयमा जवाफ नआउन्जेल सदनमा उभिने बताइन् ।
त्यसपछि सभामुख अर्यालले सांसदद्धय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गरेका हुन् ।





