काठमाडौं । प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएदेखि अवरुद्ध रहेको प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुचारु हुने भएको छ । सभामुख डीपी अर्यालले प्रश्नोत्तरका लागि आगामी १० भदौको मिति तोकेका छन् ।
बालेनले एकपटक संसदमा अनौपचारिक तवरबाट सांसदको प्रश्नको जवाफ दिए पनि विधिपूर्वक प्रश्नोत्तर हुन सकेको थिएन ।प्रतिपक्षी दलहरुले प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गरिरहेका थिए । सभामुख अर्यालले आजै प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए ।
बैठकको अन्त्यमा सभामुख अर्यालले भदौ १० गते प्रश्नोत्तर हुने भन्दै भदौ ५ गते दिउँसो १ बजेसम्ममा आफ्ना प्रश्नहरु टिपाउन सूचित गरेका छन् ।प्रत्यक पार्टीका कम्तिमा १ जना सांसदले प्रश्न सोध्न पाउनेछन् । बढीमा १५ जनाले प्रश्न सोध्न सक्ने सभामुखले जानकारी गराए ।





