Logo
२८ कार्तिक २०८३, शनिबार
|  Sat Nov 14 2026

चुनावपछि राम्रोसँग अघि बढ्ने अनुमान गरिएको पुँजीबजारमा उत्साह देखिएन :गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजारः आर्थिक लगानी आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले चुनावपछि पुँजीबजार राम्रोसँग अघि बढ्ने अपेक्षा गरिए पनि त्यसअनुसार सुधार हुन नसकेको बताएका हुन् ।

उनले पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्दै तत्काल सुधार गर्न सकिने विषयमा बहस आवश्यक रहेको बताए । साथै, संसदमा प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसका सांसदहरूले पुँजीबजारसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ छ ।

सभापति थापाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारबारे जानकारी र शिक्षा दिन तथा आगामी दिनमा यस विषयमा व्यापक दृष्टिकोण बनाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारसम्बन्धी विषयमा सूचित र शिक्षित बनाउँदै भविष्यमा यसबारे स्पष्ट र व्यापक दृष्टिकोण निर्माण गर्नुपर्नेमा समेत जोड दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार