Logo
९ भाद्र २०८३, मंगलवार
|  Wed Aug 26 2026

उपसभामुखलाई पूर्ण विश्वास गर्न सकेनन् सभामुखले


सभामुख डिपी अर्याल उपसभामुख रुबीकुमारीको क्षमतामाथि पूर्ण रुपमा विश्वस्त हुन सकेका छैनन् । आफ्नो अनुपस्थितीमा उपसभामुख रुबीकुमारीले बैठक राम्रोसँग सञ्चालन गर्ने क्षमता राख्ने कुरामा आशंका रहेकै कारण मंगलबार सभामुखले बैठक नै स्थगित गरे ।

सभामुख अर्यालले मंगलबार १ बजेका लागि संसद बैठक डाकेका थिए । तर बिहानै आफ्नी सासू शिवकुमारी केसीको निधन भएपछि सभामुख अर्यालले बैठक भदौ १० गते बुधबार दिउँसो १ बजेका लागि सारेका हुन् । ९० वर्षीया केसीलाई काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरी शनिबार घर लगिएको थियो । सासूको निधन भएपछि सभामुख अर्यालले संसद सचिवालयलाई बैठकको समय परिवर्तन भएको सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए ।

प्रतिनिधि सभा नियमावली २०८३ को नियम ६ मा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने व्यवस्था छ । तर सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबु बाहिरको परिस्थिति परी बैठकमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन गर्न सक्ने व्यवस्था छ । यद्यपि रुबीकुमारीले यसअघि चलाएका बैठकमा राम्रो क्षमता प्रदर्शन गर्न नसकेकै कारण सभामुखले उपसभामुख रुबीकुमारीलाई पूर्ण विश्वास गर्न नसकेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार