Logo
९ भाद्र २०८३, मंगलवार
|  Wed Aug 26 2026

लुम्बिनी सरकारले पायो पूर्णता,नवनियुक्त तीन मन्त्रीले लिए शपथ


बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।नेकपाबाट इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, दीपेन्द्र पुनलाई स्वास्थ्य तथा कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ ।

केन्द्रमा भएको सहमतिअनुसार एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना तीन मन्त्रीको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मुख्यमन्त्री आचार्यले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार