Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपील


 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फन उनले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित रहन अनुरोध गरेका छन् । उनले विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने जनाएका छन् ।

सभापति थापाले विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सबैमा आग्रह गरेका छन् ।

उनले नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सवै सदस्यहरूलाई तटीय क्षेत्रमा वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपील गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार