Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री बालने साहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ भने प्रधानमन्त्रीले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिएका छन् ।

उनले यो विपद्को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोधसमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार