Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

मोदीले गरे बालेनलाई फोन: बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारमा सहयोग रहने प्रतिबद्धता


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन साहसँग् टेलिफोन संवाद गर्दै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री साहलाई टेलिफोन गरेका हुन् ।

कुराकानीका क्रममा मोदीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विपद्को यस कठिन घडीमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन् ।

नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको मोदीले बताएका छन्। उद्धार तथा राहतका लागि भारतीय टोलीले नेपाली अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले नेपालमा जारी उद्धार तथा राहत प्रयासमा भारतको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार