Logo
११ भाद्र २०८३, बिहीबार
|  Thu Aug 27 2026

बाढीको घटनामा दुःख, मानवीय सहायता गर्न तयार:अमेरिकी विदेशमन्त्री


काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै विदेशमन्त्री रुबियोले यस विपद्को घडीमा अमेरिका नेपालको साथमा रहेको बताएका हुन्।उनले विपद्को यस अवस्थामा अमेरिकी विदेश मन्त्रालय आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार