Logo
११ भाद्र २०८३, बिहीबार
|  Thu Aug 27 2026

भोटेकोशी बाढी:हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा


काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ ।नेपाल प्रहरीले दिएको जानकारीअनुसार ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ ।

साथै नुवाकोटमा छ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा छ जना (पहिचान नखुलेको)को शव भेटिएको छ । गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ ।प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ ।

यस्तै, नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनाको शव भेटिएको छ । बाढीमा परेर ६२ नेपाली सहित ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका नेपाल पर्यटन वोर्डले जनाएको छ ।बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो।

बोर्डले एक सय ३३ बढी भारतीय पर्यटक, ५४ जना अमेरिकी र ३३ जना बेलायती नागरिकहरु सम्पर्क विहिन अवस्थामा रहेको जनाएको छ । यसैगरी अष्ट्रेलियाका ३४ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ–छ जना, न्युजिल्याण्ड र जापानका पाँच–पाँच जना रहेका छन् । यस बाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका २५ भन्दा बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

रसुवा बाढीमा परेर नेपाल प्रहरीका २८ जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएका ६६ जनामध्ये ३६ जना सम्पर्कमा आएको र बाँकी २८ जना हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टिमुरेमा २३ जना कार्यरतमध्ये १३ जना सम्पर्कमा आएका छन भने प्रहरी चौकी रसुवागढीमा ९ जना कार्यरत मध्ये १ जना सम्पर्कमा आएका छन ।

प्रहरीका अनुसार प्रहरी चौकी स्यार्पुबेंसीमा ८ जना कार्यरत मध्ये ५ जना सम्पर्कमा आएका अस्थाई प्रहरी चौकी मैलुङमा ८ जना कार्यरत मध्ये ३ जना सम्पर्कमा आएका, प्रहरी चौकी बेत्रावतीमा १० जना कार्यरतमध्ये ९ जना सम्पर्कमा आएको र प्रहरी चौकी हाकुमा ६ जना कार्यरत मध्ये ५ जना सम्पर्कमा आएको नेपाल प्रहरीले जनाएको छ ।।


प्रतिक्रिया दिनुहोस !
विचार