Logo
१२ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 28 2026

स्वास्थ्यकर्मी बिदामा बस्न नपाउने, उपचारमा खटिन मन्त्रालयको निर्देशन


काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपहिरोपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापनको काम नसकिएसम्म मातहतका कर्मचारीलाई विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री निशा मेहताको संयोजकत्वमा बसेको उच्च व्यवस्थापन समूहको बैठकको निर्णयअनुसार मन्त्रालय, विभाग, अस्पताल, प्रतिष्ठानलगायत मातहतका सबै निकायलाई यस्तो निर्देशन दिइएको हो।निर्देशनमा खोज, उद्धार तथा उपचारका लागि तोकिएका निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई बिदाका दिनमा समेत कार्यालयमा उपस्थित हुन भनिएको छ। अन्य कर्मचारीलाई पनि कार्यालयबाट प्रदान गर्नुपर्ने सेवा सञ्चालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

त्यस्तै, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सार्वजनिक बिदाका दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेको उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाउन भनिएको छ। प्रभावित क्षेत्रमा उपचार तथा सहयोगका लागि आ–आफ्नो जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार