Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

‘सिक्किम फर नेपाल’ अभियानमार्फत बाढी प्रभावितलाई सिक्किम सरकारको राहत


काठमाडौं ।नेपालमा भएको विपद प्रभावित नागरिकका लागि भारतको सिक्किम सरकारले अत्यावश्यक राहत सामग्री तथा स्वास्थ्य सहायता उपलब्ध गराउने भएको छ ।नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै सिक्किमले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत तथा स्वास्थ्य सामग्री नेपाल पठाएको हो।

यस अभियानअन्तर्गत सिक्किम क्रान्तिकारी मोर्चाको विशेष टोलीलाई राहत सामग्री र स्वास्थ्य सहायता लिएर नेपालतर्फ पठाइएको छ।सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले विदाइ गरेका छन् । मुख्यमन्त्री गोलेले सिक्किमको यो पहलले विपद्को समयमा मानवीय संवेदना, करुणा र भातृत्वको भावना प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

सिक्किमले विपद्का बेला नेपालसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगको हात बढाएको जनाएको छ। संकटको समयमा एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने भावनासहित अभियान अघि बढाइएको बताइएको छ।

सिक्किमले विपद्मा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, नेपालले अब सुरु गर्ने पुनःस्थापना र पुनर्निर्माणको कठिन यात्रामा आफ्नो ऐक्यबद्धता रहने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार