Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

विदेशी सहयोगका लागि सुरुबाटै समन्वय गरेका थियौं,टनेलबाट तुरुन्तै उद्धार गर्न सक्ने प्रविधि विश्वमै छैन:प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कानुनी र वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै डीएनए मिल्नासाथ ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने बताए।

यति ठूलो विपद् पर्दा अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै नआउने बताए।उनले भने, ‘प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो।’विपद्को बेला सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम भइरहेको बताए।

प्रधानमन्त्री बालेन्द्र शाहले बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाका सुरुङबाट तत्काल उद्धार गर्न नसकिनुको कारणबारे संसदमा प्रष्टीकरण दिएका छन् । नेपालमा अहिले आएको विपत् मानवीय सभ्यताकै ठूलो भएको र टनेलको समस्या पनि अन्यत्र भन्दा फरक रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार