काठमाडौं । मोडल पुरु भण्डारीले चौथो नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०८३ मा सफलता हात पारेका छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आज (सेप्टेम्बर ४) आयोजित अवार्ड समारोहमा भण्डारीलाई ‘कसैको हुन दिन्न’ गीतबाट Best Jury Award प्रदान गरिएको हो।
ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको अवार्ड समारोहमा भण्डारीले ‘कसैको हुन दिन्न’ गीतअन्तर्गत जुरी अवार्ड प्राप्त गरेका हुन्। अवार्डको प्रमाणपत्रमा पनि भण्डारीलाई उक्त गीतबाट Best Jury Award प्रदान गरिएको उल्लेख छ।
मोडलिङ तथा म्युजिक भिडियो क्षेत्रमा सक्रिय भण्डारीले आफ्नो कामका लागि प्रतिष्ठित अवार्ड प्राप्त गरेसँगै आगामी यात्राका लागि थप उत्साह मिलेको बताएका छन्। पछिल्लो समय नेपाली म्युजिक भिडियोमा सक्रिय रहँदै आएका भण्डारीका लागि यो अवार्ड महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ।
चौथो नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०८३ मा नेपाली संगीत तथा म्युजिक भिडियो क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कलाकार, सर्जक तथा सिर्जनालाई सम्मान गरिएको थियो। समारोहमा संगीतकार, गीतकार, गायक–गायिका, मोडल तथा कलाकारहरूको सहभागिता रहेको थियो।








