Logo
२४ भाद्र २०८३, बुधबार
|  Wed Sep 9 2026

२४ भदौ ‘लोकतान्त्रिक आन्दोलनको कालो दिन’,निष्पक्ष छानबिन गर्न नेकपाको माग


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, आगजनी तथा तोडफोडको निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन् ।जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, घाइते तथा प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले जेनजी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न सामाजिक सञ्जाल प्रेरित आन्दोलन भएको बताएका छन् । युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको र त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ‘सन्दिग्ध तत्व’हरूले आन्दोलनलाई अपहरण गरेको उनको आरोप छ।

प्रचण्डले भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय र राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंस भएको उल्लेख गरेका छन् ।

आन्दोलन हिंसात्मक बन्न थालेपछि वास्तविक जेनजी अभियन्ताहरूले नै ‘घुसपैठ भयो’ र ‘घर फर्कौं’ भनेको दाबी गर्दै उनले युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्यलाई एउटै दृष्टिले हेर्न नहुने बताएका छन्।‘प्रतिक्रान्तिकारी विध्वंस’ले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित गरेको प्रचण्डको भनाइ छ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धदेखि नै आफ्नो पार्टी अभिव्यक्ति स्वतन्त्रता र जनताको लोकतान्त्रिक अधिकारको पक्षमा रहेको दाबी गर्दै उनले आफ्नो नेतृत्वमा रहेको सरकारलाई हठात् हटाइएको बताएका छन्। ‘


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार