Logo
२६ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 11 2026

युलेन्स एजुकेसन फाउन्डेसनद्वारा बाढीपीडितको सहयोगार्थ २० लाख सहयोग


काठमाडौँ । युलेन्स एजुकेसन फाउन्डेसनले भोटेकोशीले त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख सहयोग गरेको छ ।

युलेन्स एजुकेसन फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था ‘एक्सन टिम फर पार्टनरसिप’ (एटीपी), बोर्ड अफ ट्रष्टीज, शिक्षक तथा कर्मचारीको संयुक्त पहलमा सङ्कलित रकमको चेक फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरुको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुधबार हस्तान्तरण गरेको हो ।

बाढीबाट विस्थापित परिवार तथा विद्यार्थीलाई तत्काल राहत, खाद्यान्न र अस्थायी बासस्थान व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । रकम हस्तान्तरण गर्दै फाउन्डेसनका अध्यक्ष पनेरुले विगतमा आफ्नै विद्यालयका भौतिक संरचनाले विपद्को क्षति व्यहोरेको स्मरण गर्दै विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनु आफ्नो दायित्व भएको बताए ।

फाउन्डेसनले दुई दशकभन्दा बढी समयदेखि शिक्षालाई कक्षाकोठाको ज्ञानमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, सहानुभूति र अप्ठ्यारो समयमा एकअर्काको साथ दिने संस्कारका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार