Logo
२५ भाद्र २०८३, बिहीबार
|  Thu Sep 10 2026

‘प्रधानमन्त्री शासन व्यवस्था संविधानमा भएपनि सल्लाहकार व्यवस्था भएको छ ।यो संविधानको कुन दफामा छ ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन् ।बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन सांसद सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका हुन् । उनले सरकारबाट संविधानको मर्ममाथि प्रहार भइरहेको बताए ।

उनले प्रधानमन्त्रीलाई सल्लाहकार कुमार बेनले चलाएको भन्दै आपत्ति जनाए । सरकारको केन्द्र सिंहदरबार भनेर आफूले बुझे पनि सरकारको केन्द्र ज्वागल बनेको र हुकुमी शासन चलिरहेको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीले शासन शैली ‘गुण्डा शैली’को भएको आरोप लगाए ।

सांसद सिंहले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजीलाई बोलाएर प्रधानमन्त्रीका सल्लाहकारले ‘कन्चटमा पेस्तोल’ देखाएको गम्भीर आरोप समेत लगाए ।उनले भने, ‘प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीलाई अधिकार हुन्छ । तर मन्त्री समाउन प्रधानमन्त्रीले पुलिस पठाउँछन् । यो सचिवालयको केही साथीहरूको कुरा सुन्दा म अचम्म पर्छु । गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन ।’

उनले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको नभई उनलाई बर्खास्त गरिएको दाबी गरे । सांसद सिंहले राज्य मधेीप्रति अनुउत्तरदायी भएको भन्दै आक्रोश पोखे ।


प्रतिक्रिया दिनुहोस !
विचार