काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष साहले बिहीबार साँझ शपथ लिएका हुन् ।
अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन साहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रास्वपाका साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।








