भरतपुर । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो ।
दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जनाको शव फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । आगलागीबाट गाडी पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।








