Logo
२६ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 11 2026

ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो:आशिका तामाङ


सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव भएको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तामाङले जनता भोकभोकै बस्नुपर्ने अवस्था आएको तर सरकारले जनताको समस्याप्रति चासो नदेखाएको आरोप लगाइन् ।

ग्यास उपलब्ध गराउन नसक्ने भए सरकारले स्पष्ट रूपमा जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ थियो।उनले ग्यास अभावको समाधानका लागि पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नभएको बताइन्। बिहीबार मात्रै गौरीकुमारी यादवले राजीनामा दिएपछि नयाँ उद्योग मन्त्रीमा वालेन्द्रले दीपककुमार साहलाई नियुक्त गरेका थिए।

‘महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन। यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ,’ तामाङले भनिन्। ग्यास अभावको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले मन्त्री परिवर्तन गर्दैमा समस्या समाधान नहुने बताइन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार