Logo
३० भाद्र २०८३, मंगलवार
|  Tue Sep 15 2026

सर्वोच्चका रजिष्ट्रार पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस


काठमाडौँ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

त्यस्तै बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरेको छ ।त्यस्तै बैठकले न्याय परिषदको कामु सचिव रामप्रसाद भट्टराईलाई सचिवमा सिफारिस गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार