Logo
१ आश्विन २०८३, बिहीबार
|  Thu Sep 17 2026

कूटनीति बलियो बनाउन सरकार किन मौन,राजदूत नियुक्ति प्रक्रियामा ढिलाइ किन ?


सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सरकारले राजदूत नियुक्त नगरेकोमा प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारले राजदूत नियुक्त नगरेको भन्दै प्रश्न गरेका हुन् ।

‘राजदूतको कुर्सी खाली राखेर नीति बलियो हुँदैन । अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?’ उनले प्रश्न गरे, ‘जनताले झन्डै दुई तिहाइको जनादेश दिएर पठाएका हुन् र अझै दिने आसमा छन् । हामी सांसदले पार्टी र सरकारलाई विश्वास गरेर साथ दिएकै छौँ । योग्यता, क्षमता, विज्ञता भएका नागरिक प्रशस्तै छन् । अनि रोकियो कहाँ ?’

उनले अझै पनि जनताले दुई तिहाइको जनादेश दिएर पठाएको सरकारबाट सुशासन र प्रभावकारी कार्यसम्पादनको आशा राखेको बताए।सांसद न्यौपानेले आफूहरूले पार्टी र सरकारप्रति विश्वास गरेर साथ दिएको तर सरकारको सुस्तताले कूटनीतिक क्षेत्रमा असर पुर्‍याइरहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार