Logo
५ आश्विन २०८३, सोमबार
|  Mon Sep 21 2026

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्दै ती सञ्चारमाध्यमले आफ्नो प्रशासन र अमेरिकासम्बन्धी समाचार प्रकाशन गर्दा आफूले तथ्यपरक नठानेका सामग्री निरन्तर प्रकाशित गरेको आरोप लगाएका हुन् । उनले भविष्यमा अन्य सञ्चारमाध्यममाथि पनि यस्तै कदम चाल्न सकिने संकेत गरेका छन् ।ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले कुनै एउटा घटनाका कारण मात्र यस्तो निर्णय नगरेको, बरु विगत केही वर्षमा प्रकाशित समाचारहरूको समग्र प्रभावका कारण निर्णयमा पुगेको बाताएका छन् ।

उनले सम्बन्धित सञ्चारमाध्यमका समाचारप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै आफूलाई निष्पक्ष र सत्यतथ्यमा आधारित समाचार आवश्यक रहेको बताउनुभएको छ। साथै, ह्वाइट हाउसबाट थप सञ्चारमाध्यमलाई समेत बाहिर राख्न सकिने संकेत गरेका छन् ।

पोलिटिकोसम्बन्धी निर्णयको सन्दर्भमा राष्ट्रपतिले पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनका पालामा सरकारी निकायहरूले पोलिटिकोका सामग्री तथा सदस्यतामा ठूलो रकम खर्च गरेको विषयसमेत उल्लेख गरेका छन् । उक्त खर्चबारे सरकारी खर्चसम्बन्धी तथ्याङ्कमा आधारित रिपोर्टहरू सार्वजनिक भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार