Logo
५ आश्विन २०८३, सोमबार
|  Mon Sep 21 2026

संसद्को बरण्डामा कसले लिएर आयो फाइभ स्टार होटल ?


काठमाडौं । ‘केही दिनअघि चिया खान जाउँ भनेको अडियो भाइरल भयो सभामुख महोदय, तर चिया खान कहाँ जाने ? यो बाहिरको फाइभ स्टार होटल कसको हो ? कसले लिएर आयो ?’

यो भनाइ सांसद खगेन्द्र सुनारको हो । उनले प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै क्यान्टिनका नाममा सांसद र संसद् सचिवालयका कर्मचारीलाई अचाक्ली महँगो गरिएको बताए । चर्को मूल्य तिरेर अहिलेका सांसद र कर्मचारीले संसद् परिसरको क्यान्टिनमा पानी पनि खान नसक्ने उनको भनाइ थियो ।

‘कालो चियाको एक सय, दुुध हालेको चियाको दुुई सय, ममको तीन सय, चाउमिनको चार सय र पाउरोटीको पाँच सय तिरेर खानसक्ने कसको हैसियत छ ? यतिको पैसा तिरेर खान सक्ने हैसियतमा अहिलेका सांसद छन् कि छैनन् ?’ सुनारले भने, ‘संसद् सचिवालयका कर्मचारी, मर्यादापालकले त्यहाँ गएर पानीसमेत पनि खान पाउने अवस्था छैन ।’

फाइभ स्टार होटल संसदको बरण्डाबाट तत्काल बाहिर निकाल्न सुनारले माग गरे । उनले सिंहदरबारभित्र सुन्धारामा भन्दा बढी होटल भएको पनि बताए । सिंहदरबारभित्र यति धेरै क्यान्टिन आवश्यक नभएको भन्दै उनले नियन्त्रण गर्न माग गरे । बाहिर बजारमा चियाको जति मूल्य पर्ने हो उतिमै भित्र पनि बेच्नु पर्ने उनको माग छ।


प्रतिक्रिया दिनुहोस !
विचार