Logo
६ आश्विन २०८३, मंगलवार
|  Tue Sep 22 2026

स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।महासभामा सहभागी भएर प्रधानमन्त्री शाह १० असोजमा स्वदेश फर्किने तालिका रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार