सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै खत्रीले रास्वपा सभापति रवि लामिछानेले संसदको पहिलो बैठकमा ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो’ भनेको स्मरण गर्दै त्यसको कार्यान्वयनबारे प्रश्न उठाए ।
खत्रीले जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाको अवस्थालाई स्मरण गर्दै उनीहरू भ्रष्टाचारविरुद्धको आवाज बोकेर सडकमा आएको दाबी गरे । आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले अझै न्यायको अनुभूति गर्न नसकेको अवस्था रहेको उनले बताए ।उनले शहीदको रगत र आमाको आँसुको हिसाबकिताब हुने भनिए पनि अहिले शहीद परिवारले नै संसद्मा आफ्नो पीडा सुनाउनुपर्ने अवस्था आएको बताए ।








