Logo
८ आश्विन २०८३, बिहीबार
|  Thu Sep 24 2026

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम


काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको आयोजनामा भएको कार्यक्रमले इन्द्रजात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएको हो।

कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, परम्परा र स्थानीय समुदायसँग जोडिएका विभिन्न सांस्कृतिक गतिविधि प्रस्तुत गरिएको थियो। इन्द्रजात्राको ऐतिहासिक महत्व र काठमाडौंको सांस्कृतिक पहिचानलाई उजागर गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग नजिक ल्याउने उद्देश्य कार्यक्रमको रहेको आयोजकले जनाएको छ।

हनुमानढोका दरबार क्षेत्रमा देखिएको इन्द्रजात्राको जीवन्त वातावरणबीच आयोजित कार्यक्रमले जात्राको रौनक थप बढाएको थियो। कार्यक्रममा स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा समेत जोड दिइएको थियो।

इन्द्रजात्रा काठमाडौंको सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरोसँग जोडिएको पर्वका रूपमा परिचित छ। यही सांस्कृतिक महत्वलाई केन्द्रमा राख्दै एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले उत्सवसँग सहकार्य गर्दै कार्यक्रम आयोजना गरेका हुन्।

एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग जोडिँदै सामाजिक उत्तरदायित्वका गतिविधिलाई सांस्कृतिक संरक्षण र प्रवद्र्धनसँग जोड्ने प्रयास गर्दै आएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार