Logo
१० आश्विन २०८३, शनिबार
|  Sat Sep 26 2026

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना, १८८ देशमा विस्तार


काठमाडौँ । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा शनिबार हस्ताक्षर गरेका परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेको जनाइएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार